‘विधार्थीका परीक्षा र चाँडपर्व आए, अनियमित लोडसेडिङ अन्त्य होस्’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विधार्थीका परीक्षा र चाँडपर्वहरु सुरु भएकाले यस्तोबेला अनियमितरुपमा हुँदैआएको विधुत कटौतीको अन्त्य गरिनुपर्ने निर्देशन दिएका छन् । विधुत प्राधिकरणका क्षेत्रिय निर्देशकलगयतका अधिकारीहरुलाई मंगलबार आफ्नो कार्यालयमा बोलाएर मुख्यमन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् ।

प्रदेशमा विधुतिकरण विस्तार तथा सुधारका कहाँ के योजना छन् र ती योजना कार्यान्वयन गर्दा आउनसक्ने चुनौती तथा भारहरुको न्यूनिकरण गर्न प्रदेश सरकार पनि तयार रहने भन्दै मुख्यमन्त्री भट्टले विधुत प्राधिकरणका कार्यालयहरु संघीय सरकार मातहत रहेका भएपनि स्थानीय बासिन्दाका समस्य हल गर्न प्रदेश सरकारसँग पनि समन्वय गरिरहनुपर्ने बताए ।

No description available.‘नजिकको सरकार भएका नाताले जनताका अपेक्षा तथा गुनासाहरु स्वभावैले हामीसँग बढी हुने गर्छन् । संघीय कार्यक्रमबाहेक पनि थप बजेटको व्यबस्था गरी समस्य समाधान गर्न प्राधिकरणसँग प्रदेश सरकार साझेदारी गर्न तयार छ ।’ उनले भने–‘योजनासहित आउनुस्, जनताले हामीसँग माग गरेका कार्यक्रमबारे पनि छलफल गरौ, वषौंदेखि हल हुन नसकेका समस्य समाधानमा साझेदारी गरौं ।’

प्राधिकरणका क्षेत्रिय निर्देशक जंगवहादुर चन्दले आफु सुदूरपश्चिमको स्थानीय बासिन्दा भएकोले पनि केही राम्रो र नौलो अनुभुति हुने गरी काम गर्न चाहेको भन्दै शहर वजारका पोलमा रहका तारको गन्जागोल हटाउने, डिजिटल लाईट राख्ने, ग्रहाक सेवा सहज र सरल पार्न वितरण केन्द्रको स्तरउन्नती गर्ने, विधुतिकरण विस्तार र व्यबस्थित पार्ने योजना रहेकाले प्रदेशसँगै स्थानीय सरकारको सहयोगको अपेक्षा गरेको बताए ।

उनले प्राधिकरण सुदूरपश्चिममा हाल विधुत मिटर, पोल र ट्रन्सफर्मरको बढी आवश्यकता रहेको भन्दै यी सामाग्री आपुर्तिको ठेक्का लिएका व्यबसायीले अनेक बहानावाजी गरिरहेको देखिनआएकाले सम्झौता खारेज गरी नयाँ प्रकृया थाल्नुपरेको बताए । यस्तै विधुत विस्तारमा कञ्चनपुरको पुर्नवास र बैतडीको मेलौलीमा केही विवाद देखिएको बताए ।

विगतमा जसरी पनि विधुत पहुँच पुराउने हतारोले गरिएका विधुतिकरणले अहिले समस्या देखाइरहेको भन्दै प्रविधिक गडवडीबाहेक लोडसेडिङ वा विधुत कटौती गर्नुपर्ने कुनै कारण नभएको बताउदै यसमा आफुहरुको हमेशा ध्यान रहने प्रतिबद्धता पनि उनको थियो ।

विधुत प्राधिकरणको निर्देशकमा कुलमान घिसिङको पुर्नबहालीपछि चन्द सुदूरपश्चिम क्षेत्रिय निर्देशक भएर हालै आएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.