आज नेपाली महिलाहरुकाे महान पर्व तीज: मुख्यमन्त्री भट्टद्वारा शुभकामना
धनगढी । आज हरितालिका तीज नेपाली महिलाहरुकाे महान पर्व महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले देश विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दिदीबहिनीलाई सुख-शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तराेत्तर प्रगतिकाे कामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले ‘नेपाली समाजमा रहेका सबैखाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणकालागि महिलाहरुले खेलेकाे भुमिकाकाे उच्च सम्मान गर्दै थप अधिकारकालागि एकजुट भएर लाग्न यस पर्वले प्रेरणा प्रदान गराेस्’ भन्ने शुभेछा व्यक्त गरेका छन् । काेभिड-१९ बाट उत्पन्न परिस्थितिमा स्वास्थ्यका मापदण्ड पालना गरी तीज पर्वकाे खुशी साटासाट कासाथै सामाजिक सास्कृतिक एकता तथा परिवारीक सम्बन्ध सुमधुर बनाउन सघाउ पुगाेस भन्ने कामना पनि गरेका छन् ।