Dashain Suvakamana

‘सुदूरपश्चिम सरकार गरिब निमुखा जनताकाे सरकार हाे’ मुख्यमन्त्री भट्ट

पुनर्वास, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेश सरकार गरिब विपन्न तथा निमुखा जनताकाे रहेकाे बताएका छन् । १३ औ हलिया मुुक्ति दिवका अवसरमा सोमबार कञ्चनपुरको पुनर्बास नगरपालिका–९ सीतावस्तीमा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री भट्टले मुक्त हलियासहित सिमान्तकृत वर्ग र समुदायको हकअधिकारको लागि प्रदेश सरकार गम्भीर रहेको बताए हुन्।

उनले मुक्त हलिया, मुक्त कमैया, दलित, विपन्न वर्गको उत्थानका लागि प्रदेश सरकारले छिट्टै कानुन ल्याउने बताए । उनले भने–अझै पनि धेरै मुक्त हलियाहरुको पुनस्र्थापना भएको छैन । कतिपयले परिचयपत्र नै पाएका छैनन् । उनले प्रदेश सरकारले मुक्त हलियाको पुनस्र्थापना, परिचयपत्र वितरण सहित रोजगारी शिक्षा, स्वास्थ्य, आवास लगायतका काम पुरा गर्न पहल गरिरहेको बताए ।

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले सरकार मुक्त हलियाका समस्याबारे गम्भीर भएको बताए । हलिया अधिकारको क्षेत्रमा लामो समय काम गर्दै आएका संविधान सभाका सदस्य हरि श्रीपाइलीले लामो संघर्षपछि हलिया मुक्त भए पनि पूर्ण रुपमा पुनस्र्थापना नहुन्जेल लडाई जारी रहने बताए ।

साेही कार्यक्रममा हलिया आन्दोलन तथा अधिकारका लागि योगदान गरेवापत संविधान सभा सदस्य श्रीपाइली र प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायलाई सम्मान गरियो । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष ईश्वर सुनारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.