कमलहरीलगायतका लक्षित वर्गलाई स्वराेजगार बनाईन्छ: मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले मुक्त कमलहरीकाे जीविकाेपार्जनमा सहज बनाउन प्रदेश सरकार सधैब प्रतिबद्ध रहेकाे बताएका छन् । शनिवार कमलहरी विकास मञ्चकाे ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले सीपमूलक तालिम तथा आय-आर्जननका स्वराेजारमूलक कार्यक्रममा मुक्त कमलहरी लगायत लक्षित बर्गलाई सरकारले प्राथमिकतामा राखेकाे बताएका हुन् ।

May be an image of one or more people, people sitting, people standing and indoorसमाजमा रहेका सबै वर्गकाे सम्मानीत अस्थित्व कायम गर्न प्रदेश सरकार लागिपरेकाे भन्दै मुख्यमन्त्री भट्टले समाजकाे सकारात्मक रुपान्तणकालागि यस्ता विषायहरु नीतिगतरुपमै अगाडी बढाएकाे बताए । उनले आफुपनि मजदूर किसान धरातलवाट आएकाेले विपिन्न गरीब तथा गरीखाने मजदूरकाे पक्षमा रहने भन्दै  सरकारले यसवर्ष पनि यी वर्गलाई प्राथमिकतामा राखेकाे बताए । उनले भने- ‘ तपाईहरु अगाडी बढ्नुस् पढाई गरिरहेकालाई छात्रबृती र प्राेत्साहन, काम गर्न चहानेलाई स्वराेजगार र लगानी प्रदेश सरकारले दिन्छ ।’

कमलहरी विकास मञ्चले संघीय सरकारसँग भएका सम्झाैता अक्षर: कार्यान्वयन गर्न, मुक्त कमलहरीमा छुट भएकालाई थप्न र जिविकाेपार्जन लगायतका मागहरु सम्बाेधन गर्न मुख्यमन्त्रीलाई मागपत्र बुझाएकाे थियाे । मुख्यमन्त्री भट्टले आफ्नाे सरकारवाट सम्भव हुने कुरामा कमी आउन नदिने भन्दै संघीय सरकारले गर्नुपर्ने कार्यलाई यहाँवाट सिफारिस गर्ने बताए ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा कमलहरी विकास मञ्च (दाङ. बाँके. बर्दिया. कैलाली र कञ्चनपुर)का पदाधिकारी तथा सञ्चारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रममा प्रदेश भूमि व्यबस्था कृषि तथा शहरी विकासमन्त्री बिनीता चाैधरीकाे समेत उपस्थिति रहेकाे थियाे ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.