कालिज फर्म पसेकाे चितुवा १५ घण्टापछि यसरी निस्कियो (भिडियोसहित)

डाेटीकाे केआईसिंह गाउँपालिका वडा न. ६ फलेडीमा रहेको कालिज बहु उद्देश्य फर्म भित्र परेको चितुवा १५ घण्टापछि बाहिर निस्किएको छ । जाली च्यातेर भित्र पसेको चितुवा १५ घण्टासम्म भित्रै बन्धक बन्नु परेका थियो । चितुवालाई बाहिर निकाल्नलाई सञ्चालकले एक छेउपट्टिको जाली काटेर मार्ग प्रशस्तगरेपछि बाहिर निस्किएको थियो ।

भित्र रहँदा चितुवाले कम्तीमा १ सय ५० कालिज मारेको सञ्चालक कर्ण बोहराले जानकारी दिए । बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौँमा सञ्चालन गरिएको काजिल बहु उद्देश्य फर्म केआईसिंह गाउँपालिकामा बिस्तार गरेको एक हप्तामै चितुवाले क्षति गरेको बताईएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.