आज गौरादेवीलाई भित्र्याउँदै तर, राैनक छैन्

धनगढी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिनमा व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन्।

व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गर्छन्। साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ। अमुक्ताभरण सप्तमीका रुपमा रहेको आजको दिन व्रतालु महिलाहरु एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने प्रचलन रहेको पण्डित यज्ञराज पनेरुले बताए। उनका अनुसार गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन्।

व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुवधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ। यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्दछन्। आज गौरादेवीमा चढाएको दुवधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन्।

आज गौरा र महेश्वरको पूजा गरी व्रतालुहरुले राति मिठोमसिनो खाना खाने चलन छ। दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ। तर यो बर्ष कोरोना कहरका कारण गौराको रौनकता नभएको स्थानीय बासिन्दाले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.