मुख्यमन्त्री भट्टद्वारा स्वर्गिय भागीरथी भट्ट परिवारलाई रहात हस्तान्तरण

धनगढी । बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागीरथी भट्टको परिवारलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक सहयोग हस्तान्तरण गरेका छन । मुख्यमन्त्री भट्टले शनिबार एक कार्यक्रमका बीच दुई लाख ७० हजार बढीको आर्थिक सहयोग स्वर्गिय भट्टका आफन्तलाई हस्तान्तरण गरेका हुन ।

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको रकम हस्तान्त्रण कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डिल्ली भट्टले गरेका थिए । नेपालिज एशोसियसन अफ भिक्टोरिया न्याभ र मल्टी डाईनामिक रियल स्टेट मेलबर्न अष्ट्रेलिया उपब्ध गराएको दुई लाख सत्तरी हजार आठ सय चालिस रुपैंया विकासमा सृजनशिलता नेपाल सिआईडी नामक संस्थाको सहकार्य र समन्वयमा पिडित परिवारलाई हस्तान्त्रण गरिएको थियो ।

काे हुन सहयाेग जुटाउने संस्था 

 नेपाल सार्वभौमिकता, समाजकाे सही रुपान्तरण, राष्ट्र र विश्व निर्माणमा मानवस्रोतहरुको भूमिका, मानिसमा सकारात्मक सोचको विकास, समाजमा रचनात्मक कार्य, मानब जीवनका महत्वपूर्ण क्रियाकलापमा सहयोग गरि समाजलाई परिबर्तन गर्न क्रियाशिल संस्था हाे ‘विकासमा सृजनशिलता नेपाल’ CID-Nepal ।

हाम्रो देशमा भईराखेका अनियमितता र भ्रष्टाचार न्यूनिकरण क्रियाकलाप, जोखिम व्यवथापन न्यूनीकरण र जैविक विविधताको उचित संरक्षण र कृषि व्यवसायीलाई आधुनिकीकरण उत्पादन र उत्पादकत्व बृद्धी, उधोग ब्यापारी तथा व्यवासायीहरुको हकहितको संरक्षण तथा सम्बर्धन, निजी क्षेत्रलाई सबल र सक्षम, सुद्धढ र आत्मनिर्भर तुल्याउन पर्यटन विकास सम्बन्धि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, रास्ट्रिय र अन्तरास्ट्रिय संघसंस्थाहरु सँग मिलेर वातावरणको बैज्ञानिक बिधिबाट अध्ययन, अनुसन्धान र आधुनिकीकरण गर्दै राष्ट्रिय स्वयंसेवक परिचालन ज्ञान, सिप र धारणाको विकास गरि सिर्जनशील विकास गर्ने लक्ष्यका साथ काम गर्दै आएकाे छ ।

नेपालिज असोसिएसन अफ भिक्टोरिया (न्याभ), गैरआवाशीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा स्वर्गीय भागीरथी भट्टका परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गरिएको थियो जसमा न्याभ- ११ र एन आर एन ए- ११ टिम बीच प्रतिस्पर्धा भएको थियो । सो च्यारिटी म्याच का सहभागीहरुले व्यक्तिगत सहयोग गरी उठेको रकममा मल्टीडाइनामिक रिअल स्टेट (जो अस्ट्रेलियाका नेपालीहरु बीच निकै मनपर्ने र चिरपरिचित नाम हो ) ले त्यति नै रकम थप गरी जम्मा २ लाख ७० हजार ८ सय ४० रुपैया संकलन गरिएको थियो।

न्याभ कप क्रिकेट टुर्नामेन्टको अन्तिम दिन यस्तो च्यारिटी म्याच बिगत ३ बर्ष देखि सुरुवात भएको कुरा न्याभका उपाध्यक्ष तथा च्यारिटी म्याच का संयोजक प्रेम राज उप्रेतीले जानकारी दिए। न्याभ-११ टिममा Grace International, Chandler RTO, Everest Driving Centre, VDA Finance, Goodwill Finance, Zen Migration, Hungry Eye, New Concept Finance, Buddha Travels लगायत न्याभ कप क्रिकेट टुर्नामेन्टका कर्पोरेट स्पोन्सरहरुका प्रतिनिधि हरुको सहभागिता थियो भने एन आर एन ए- ११ टिममा अस्ट्रेलिया का गैर आवाशीय नेपालीहरुको सहभागिता थियो।

यसले नेपाली समुदायका लागि आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै कोरोना भाइरसको कारणले आपतविपतमा परेका नेपाली र अन्य बहुसांस्कृतिक समुदायका मानिसहरुलाई सहयोग पुर्याउदै आएको छ । त्यसैगरी जन्मभूमिमा विभिन्न कारणले दुखबिपतमा परेका परिवार र समुदायको लागि आर्थिक सहयोग पनि गर्ने गरेको कुरा न्याभका बर्तमान अध्यक्ष राम गुरुङले जानकारी दिए।

तीन महिना अघाडी मात्र कोरोना भाइरस रोकथाम तथा बच्न प्रयोग हुने स्वास्थ्य क्षेत्रका अत्यावश्यक स्वास्थ्य सामग्री जिल्ला प्रशासन कार्यालय कंचनपुर, बैतडी, डोटी र दार्चुला मा विकासमा सृजनशीलता नेपालको समन्वय र सहकार्य गरि र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो l

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.