स्पाइनल इन्जुरीका अपाङ्गताद्वारा आफुहरुका समस्यमा गम्भीर हुन माग
धनगढी । स्पाइनल कट इञ्जुरी महासंघ सुदूरपश्चिम प्रदेश समितिले प्रदेश सरकारसँग आफुहरुले भाेग्दै आएका समस्याकाे बारेमा गम्भीर हुन माग राखेकाे छ । समितिका अध्यक्ष रामप्रशाद जाेशीकाे नेतृत्वमा आएकाे समुहले सामाजिक बिकास मन्त्रालयलयका राज्यमन्त्री माना कुमारी साउदलाई ज्ञापन पत्र बुझाउदै यस्ताे माग गरेकाे हाे ।
लाेकतान्त्रीक गणतन्त्रात्म सघीय राज्य व्यवस्थामापनि अपाङ्गता भएका ब्यक्तिहरुका समस्य ज्यूका त्यूँ रहेकाे भन्दै महासंघले त्यसभित्र पनि स्पाइनल कट इञ्जुरी भै अपाङ्गता हुनपुगेकाहरुकाे समस्य जटिल हुने भएकाले समस्या समाधानका लागि माग पत्र बुझाएकाे काेषाध्यक्ष टीका कुमारी पुरीले जानकारी दिइन् ।
सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री मना कुमारी साँउदकाे प्रमुख आतिथ्यमा साे मन्त्रालय अन्तरगतकाे सामाजिक बिकास शाखाका कर्मचारीहरु राखेर स्पाइनल इन्जुरी भै अपाङ्गता भएका ब्यक्तिहरुका समस्याहरुको बारेमा एडभाेकेसी गरिएकाे महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रामप्रसाद जाेशीले बताए । साे अवसरमा राज्यमन्त्री साउदले सकारात्म प्रतिबद्धता जनाएकाे बताईएकाे छ ।