थारु समुदाय वर्षकाे पहिलाे चाँड ‘गुरही पर्व’ मनाउँदै

धनगढी । पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायले आज गुरही पर्व मनाउँदै छन् । गुरही यो समुदायको पहिलो पर्व हो । खास गरेर, बालबालिका र युवतीले गाउँ–गाउँमा गुरही पर्व मनाउने गर्दछन् ।

गाउँघरमा कुनै दैवी विपत्ति नआओस् र रोगव्याधिको समस्या हटोस् भन्ने मान्यताका साथ गुरही पर्व मनाइन्छ । यसलाई बाल पर्वको रुपमा पनि लिइएको छ । यसमा महिला, युवती र बालिकाले चौरमा कपडाको ‘गुरही’ बनाएर फाल्ने र त्यसलाई केटाले पिट्ने गर्दछन् यसरी गुरही फाल्ने र पिट्ने कार्यले विपद् टाढिने गरेको जनविश्वास छ ।

गुरहीको अवसरमा मकै, केराउ, चनाको भुजा खाने र बाँड्ने चलन छ । यसैगरी, घरमा मिठो मिष्ठान बनाएर आफ्नो विवाहित छोरीलाई माइतमा बोलाइ खुवाउने चलन पनि छ ।तर कोरोना महामारीको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गरेर धनगढीमा पनि आज साँझ सामूहिक रुपमा गुरही पर्व मनाइने सखी सञ्जाल कैलालीका अध्यक्ष आशा चौधरीले बताए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.