लुम्बिनीमा माओवादी नेता कुलप्रसाद केसीद्वारा मुख्यमन्त्रीकाे सफथ
७ सदस्यीय मन्त्रीमण्डल गठन
धनगढी । लुम्बिनी प्रदेशमा माओवादी नेता माननीय कुलप्रसाद केसीले मुख्यमन्त्रीकाे सफत लिएका छन् । प्रदेशको मुख्यमन्त्रीमा आजै नियुक्त भएका मुख्यमन्त्री केसीले प्रदेश प्रमुख अमिक शेरचनवाट सफथ लिएका हुन् ।उनले आजै सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेकाे बताईएकाे छ ।
माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन् । मुख्यमन्त्रीमन्त्री सहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागिएको स्रोतले जनाएको छ ।
काँग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सुमन शर्मा रायमाझी, कुर्मती ढेँगा र सहसराम यादव मन्त्री बन्ने भएका छन भने स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही मन्त्री बन्ने निश्चित भएको छ । मुख्यमन्त्री केसीले सपथ लिएलगत्तै अन्य मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।