कैलालीमा लागूऔषध कारोवारमा बृद्धि, प्रहरीमा दिनहुँजसाे मुद्दा

धनगढी । कैलाली जिल्लामा लागूऔषध कारोबारमा बृद्धी हुँदै गएको छ । जिल्लामा पछिल्लो समय हरेक दिन लागुओैषध सम्बन्धिका मुद्दा पर्ने गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

पछिल्लाे २० दिनमा मात्रै लागूऔषध सम्बन्धित १९ घटना प्रहरीमा दर्ता भएको कैलाली प्रहरीले बताएको छ । यो अवधिमा साढे ५ किलोभन्दा बढी चरेस, करिब ६५ ग्राम ब्राउन सुगर, र नाइट्रमेभेटको चार दर्जन ट्याब्लेट बरामद गरिएको छ ।

लागूऔषध सेवनकर्ता र कारोबारी दिनहुजसो पक्राउ पर्ने गरेको कैलालीका डीएसपी प्रतकि विष्टले बताएका छन । उनका अनुसार साउन महिनामा मात्रै ब्राउनसुगरका १५ घटनामा २१ जना, नाइट्रभेटमा १ र चरेसका ३ घटनामा ४ जना गरी २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

कैलालीमा खुला सीमाको कारण लागूऔषध कारोबार बढेको डीएसपी बिष्टले बताए । उनले यो वर्ष ७ भारतीय नागरिक लागूऔषधको केसमा पक्राउ गरिएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.