प्रधानमन्त्री देउवाद्वारा कोरोना बढ्नसक्ने भन्दै सचेत रहन अपील
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमणको तेस्रो लहर आउने संकेत देखिएको भन्दै सचेत रहन सबैलाई अपील गरेका छन् ।शनिबारदेखि सुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दलहरुलाई भिडभाड हुने गतिविधि नगर्न आग्रह गरेका हुन् ।
उनले व्यापार र व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि व्यवसायीहरुलाई आग्रह गर्दै कोरोनाबाट जोगिन सरकारको प्रयासले मात्रै सम्भव नभएकाले सचेत रहन र स्वास्थ्य मापदण्ड पालना गर्न आम नागरिकलाई अपील गरेको छन् ।
प्रधानमन्त्री देउवाले खोप लगाउने काम चलिरहेको र सबैको साझा प्रयासमा कोरोना नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका छन् ।