मुख्यमन्त्री भट्टसँग वर्ड भिजन इन्टरनेशनलका निर्देशक रानाद्धारा भेटवार्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग वर्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड अपरेशन निर्देशक अनुप रानाले भेटवार्ता गरेका छन् ।

शुक्रवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा भएकाे  भेटमा निर्देशक रानाले वर्ड भिजन संस्थाले सुदूरपश्चिम प्रदेशमा गर्दै आएका कार्यक्रमबारे जानकारी गराउदै आगामी दिनमा पनि सरकारसँगको साँझेदारीमा निरन्तरता दिने बताए ।

वर्ड भिजन इन्टरनेशनल नेपालले संघीय सरकारसँगै प्रदेश सरकारसँगको साँझेदारीमा विभिन्न खाले प्रकोपकाे जाेखिम नियन्त्रण तथा न्युनिकरणमा काम गर्दै आएको छ ।

प्रकृतिक प्रकोप नियन्त्रणसँगै कोरोना महामारीको संक्रमण नियन्त्रण तथा रोकथाम लगायतका विषयमा छलफल भएको मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.