Dashain Suvakamana

भत्ता वितरण व्यबस्थित गर्न नसक्दा सक्रमणको जोखिम बढ्यो

धनगढी । समुदायस्तरमै फैलिएको कोरोना महामरीको दोस्रो लहरले जनजीवन तहस नहस पारेका बेला स्थानीय सरकार धनगढी उपमहानगरले सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यबस्थित गर्न नसक्दा जोखिम बढेको छ । स्वास्थ्य विज्ञहरुले रोगको संक्रमण केही घटेपनि जोखिम कायमै रहेको र अवकाे पन्ध्र दिनभित्रै तेस्राे लहर आउनसक्ने बताईरहँदा धनगढी उपमहानगरपालिकाले भने विगतमाझै सामाजिक सुरक्षा भक्ताको रकम बैंकमार्फत वितरण गर्न थालेकाले जोखिम बढेको हो ।

No description available.कतिपय स्थानीय तहहरुले सम्बन्धित वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता दिने गरेका छनभने केहीले बृद्धबृद्धा तथा असक्त अपाङ्गहरुको घरमै पुगेर भत्ता दिने गरेका छन् । तर, सुदूरपश्चिमको एक मात्र उप–महानगरपालिका धनगढीले भने घरमै गएर भत्ता दिनु त कहाँ हो, वडा कार्यालयवाट पनि भत्ता दिने व्यवस्थ गर्न सकेको छैन् । त्यसैमा कोरोना सक्रमणको अति उच्च जोखिममा रहने अशक्त बृद्धवृद्धा सक्रमणवाट बच्ने समान्य स्वास्थ्य उपया पनि नअपनाइ बैंक अगाडी बिहानैदेखि सकि नसकी लाइनमा बसेका देखिन्छन् ।

जति अशक्त भएपनि भत्ता लिन बैंक नै धाउनुपर्ने भएकाले वडा क्षेत्रको पालो परेको दिन उज्यालो नहुँदै लाइनमा बस्नुपर्दा निकै सास्ती खेप्नुपरेको मंगलवार धनगढीस्थित कृषि विकास बैंकमा भेटिएकी बृद्धा जयशेरा विकले गुनासाे गरिन् । विहान आठ वजेदेखि लाईन वसेको बताउने उनले दिउँसोको बाह्र बज्न लाग्दासम्म पालो नआएको बताइन ।

निर्वाचनका बेला नेताहरुले घरमै बृद्ध भत्ता पु¥याउँछौँ भनेर भोट मागेपनि फर्केर नआएकोप्रति पालो कुर्दै लाइनमा बसेका धेरैको आक्रोष देखिन्थ्यो । अर्काेतिर लाइनमा बसेका बृद्ध बृद्धाहरु भन्दापनि बैंकले अन्य ग्राहकलाई प्राथमिकता दिंदा आफूहरुले दिनभरी लाइनमै बस्नुपरेको उनीहरुको गुनासो छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.