Dashain Suvakamana

उपेन्द्र यादवले नेतृत्व गरेको जसपा आधिकारिक : निर्वाचन आयाेग

काठमाण्डाैं । निर्वाचन आयोगले उपेन्द्र यादवले नेतृत्व गरेको जसपालाई आधिकारिकता दिएको छ । आयोगले जसपाको विधान, केन्द्रीय कार्यकारिणी समितिमा रहेका सदस्यता सङ्ख्या र जसपाको दुवै पक्षका कागजातको अध्ययनपछि प्रमुख आयुक्तको नेतृत्वमा रहेको इजलासले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको हो ।

जसपाको ५१ सदस्सीय कार्यकारिणी समितिमा उपेन्द्र पक्षमा ३४ जना उभिएका छन् । यस्तै महन्थ ठाकुरको पक्षमा १६ जना उभिएका छन् भने रेशम चौधरी दुवै पक्षमा नखुली तटस्थ बसेका छन् । आयोगले राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार इजलास गठन गरेर जसपाको आधिकारिकताको छिनोफानो गरेको हो ।

जसपाका अध्यक्ष द्वय उपेन्द्र र महन्थ पक्षबिच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई सोमबार आयोगमै बोलाएर सनाखत गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.