Dashain Suvakamana

कैलालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । कैलालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालकाे प्रयाेगशालामा पिसिआर परीक्षण बाट आज ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा १२२ नमुनाको पिसिआर परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने ३ जना नयाँ भर्ना भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हालसम्म अस्पतालमा १८२ जनाको मृत्यु भएको उनले बताए । आज मात्रै निको २ र आइसियुमा २ जना रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.