Dashain Suvakamana

हाेला त सहकार्य ? प्रचण्ड, माधव नेपाल र विप्लवबीच त्रिपक्षीय भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेता नेपालको निवास कोटेश्वरमा तीन नेताबीच भेटवार्ता भएको हो ।

तीनै नेतावीच नेपालकाे कम्युनिष्ट आन्दाेलन बर्तमान अवस्था र जनअपेक्षा अनुसार आगामी याेजनाका बारेमा समन्य छलफल भएकाे बिश्वस्त स्राेतले जानकारी दिएकाे छ ।  प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले तीन नेताको भेटको तस्वीर सार्वजनिक गर्दै ‘@ कोटेश्वर, तस्वीर आफैँ बाेल्दैन र ?’ जुगलले फेसबूकमा लेखेका छन् ।

भेटमा नेकपा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी रहेकाे उनले बताए । विप्लवले यसअघि बुधवार खुमलटार पुगेर नेकपा प्रचण्डसँग छुट्टै भेटवार्ता गरेका थिए । भेटमा उनले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग गरेको सम्झौता वर्तमान सरकारले कार्यान्वयन गर्छ कि गर्दैन भनेर जिज्ञासा राखेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.