Dashain Suvakamana

प्रधानमन्त्री शेरबहादुर देउवाले लिए शपथ,५ सदस्यीय मन्त्रीमण्डल गठन

धनगढी । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनी मुलुकको ४३औँ प्रधानमन्त्री बनेका छन्।राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

unn.prixa.netप्रधानमन्त्रीमा शेरबहादुर देउवासँगै चार जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्रीमा नियुक्त भएका छन, उनी रुपन्देहीबाट समानुपातिक सांसद हुन् ।यस्तै कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यस्तै अर्थ मन्त्रीमा माओवादीबाट जनार्दन शर्मा नियुक्त भएका छन् । उनी रुकुम पश्चिमको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । उनी यसअघि गृह र ऊर्जा मन्त्री बनिसकेका थिए । आजै माओवादीकी नेतृ पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनी ललितपुर ३ बाट निर्वाचित हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.