शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ ग्रहण
धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालका अनुसार साँझ ६ बजे शपथ ग्रहण तय भएको छ।
नेपालको संविधानको धारा ७६ (५) अनुसार, राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए। सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आज साँझ ५ बजेसम्म समयसीमा ताेकेर परमादेश दिएको थियो।
२०४८ सालयता डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका देउवा यसअघि २१ जेठदेखि १९ माघ २०६१ सम्म, ११ साउन २०५८ देखि १८ असोज २०५९ सम्म, २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म र २४ जेठदेखि ३ फागुन २०७४ सम्म प्रधानमन्त्री भएका थिए। उनी २०७४ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचत भएका हुन्।