Dashain Suvakamana

कञ्चनपुरको बेलौरीमा जंगली हात्तिको झुण्ड प्रवेश, सर्तक रहन आग्रह

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा जंगली हात्तिको झुण्ड प्रवेश गरेको छ ।मंलबार साझँ १५ देखि २० वटा जंगली हात्ति बेलौरी नगरपालिका वडा ९ को गोरखनाथ सामुदायिक बन क्षेत्रको छेउछाउमा प्रवेश गरेको कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।

उनका अनुसार  मंगलबार साझ ६ बजेको समयमा १२ जना मानिसहरु मजदुरी गरेर आफ्नो घर फर्किरहेका बेलामा जंगली हात्तिले आक्रमण गर्न खोजेको बुझिएको छ । हात्तिको आक्रमणबाट मदजुरहरुको साईकलमा क्षति पुगेपनि उनिहरु भने भाग्न सफल भएको जनाएको छ ।

जिल्लाको दक्षिणी  क्षेत्रमा बर्षेनी जंगली हात्तीले आतंक मच्चाउदै आएको छ । हात्ती भारतीय दुधुवा नेसनल पार्कबाट नेपाल प्रवेश गरेको हुन सक्ने जनाएको छ ।  जंगली हात्तीबाट जोगिन कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख यादवले सर्तक रहन सबैमा अनुरोध गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.