धनगढी ३ का वडाध्यक्ष ऐरले ३ सडक बालवालिकालाई निःशुल्क पढाउने

धनगढी । धनगढीका उप–महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरले ३ बालबालिकाकाे अभिभावत्व लिएर निःशुल्क पढाउने भएका छन्। धनगढीमै रहेको दृष्टि फाउण्डेसनका ३ बालबालिकालाई वडाध्यक्ष ऐरले निःशुल्क पढाउने भएका हुन्।

मानसिक समस्य भएर सडक जिवन बिताईरहेका आमाहरुबाट जन्मिएका ३ बालबालिकालाई पढाउने जिम्मा लिएको वडाध्यक्ष ऐरले बताए। उप–महानगरपालिकाको वडा नम्बर ७ स्थित जेम्स एकेडेमीमा अध्ययन सुरु गरेका तीनै बालवालिकालाई कक्षा ८ सम्म निःशुल्क पढाउने उनले बताए।

जनताकाे दुख सुखका साथी बन्दै आएका वडाध्यक्ष ऐरले बालबालिकालाई पढाउने जिम्मा लिएपछि अनाथहरुलाई सहारा दिइरहेकाे दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले खुसी व्यक्त गरेकी छिन्।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.