Dashain Suvakamana

आकासमा बादल लाग्दा कैलाली-कञ्चनपुरकाे बिजुली गायब, विधार्थी मार्कामा

धनगढी । सुदूर तराईका कैलाली कञ्चनपुरकाेआकासमा बादल लाग्दा र हावाहुरी सुरू हुँदा बिजुली गइहाल्ने समस्या छ।  रातिको समयमा विद्युत अवरुद्ध भएपछि दोस्रो दिनमात्रै मर्मत हुने गरेकोले लामाे समयसम्म अनियमित बिधुत कटाैंती हुँदा सबैभन्दा बढी मारमा विधार्थीहरु परेका छन् । 

कोरोना महामारीले अहिले विद्यालयहरूमा भौतिक उपस्थिती बिना अनलाइन कक्षाका माध्यमबाट पठनपाठन भइरहेको छ। अहिलेको अनियमित विद्युत कटौतीले सबैभन्दा बढी विद्यार्थीहरू प्रभावित भएका छन्। यस्तै अनियमित विद्युत कटौती हुन थालेसँगै इन्भर्टर, ब्याट्री र सोलारको बिक्री वितरणमा केही वृद्धि भएको पाइएको छ। लोड सेडिङ हटेपछि सुस्ताएको इन्भर्टर, ब्याट्री र सोलारको व्यापार पुनः फस्टाउन थालेको व्यापारीहरू बताउँछन्। पछिल्ला समय धनगढीमा पटक–पटक बत्ती जान थालेपछि स्थानीयहरू घर–घरमा इन्भर्टर, ब्याट्री र सोलार जडान गर्न थालेका हुन्।

अहिले गर्मिले धनगढीमा तापक्रम अत्यधिक बढ्नु र विद्युत कटौती हुने क्रमसमेत बढ्नाले व्यापार फस्टाएको व्यापारीहरू बताउँछन्।धनगढी बजारमा रहेको ओम प्रकाश मोबाइल ग्यालेरीका सञ्चालक शिवराज उपाध्यायले लोड सेडिङ्गको बेला जस्तो कारोबार नभएपनि अहिले इन्भर्टर, ब्याट्री र सोलारको व्यापार केही बढेको बताए। लोड सेडिङ्गको बेला उनको पसलबाट दैनिक २/३ वटा इन्भर्टर बिक्री हुने गरेको थियो। अहिले महिनामा ८/१० वटाका दरले बिक्री भइरहेको उनले बताए। उनले भने- ‘परार साल ६०/७० वटा इन्भर्टर बेचेका थियौँ। पोहोर ३० वटा बेचिएकोमा यस वर्ष अहिलेसम्म २१ वटा इन्भर्टर बेचिसकेका छौँ ।’

यता नेपाल विद्युत प्राधिकरणले भने, हावाहुरीका कारण सव–स्टेशनमा समस्या आएपछि विद्युत अनियमित हुने गरेको बताउँदै आएको छ। नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जगदिश जोशीले सव–स्टेशनमा समस्या आएपछि विद्युत आपूर्तिमा समस्या आएको बताए। उनले भने- ‘अस्तीको हावाहुरीले सव–स्टेशनमा समस्या आएपछि विद्युत आपूर्तिमा समस्या भएको छ,  केही दिनमा समस्या समाधान हुन्छ। मागअनुसारको नियमित आपूर्ति भइरहेको छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.