काम गर्ने अवस्था नरहेकाे भन्दै लुम्बिनीका मन्त्री सुमनले दिए राजीनामा
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझी शुक्रबार राजीनामा दिएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्य समेत हुन् ।
नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी राज्यमन्त्री सुमनले राजीनामा दिएको हो ।
राज्यमन्त्री सुमनले जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको भन्दै राजीनामा दिनुपरेको राजीनामा पत्रमा उल्लेख छ ।