प्रादेशीक पर्यटन गुरु योजना तर्जुमा जिल्ला स्तरीय कार्यशाला गोष्ठि सम्पन्न

डोटी । डोटीमा १ दिने प्रादेशिक पर्यटन गुरु योजना तर्जुमा जिल्ला स्तरीय कार्यशाला गोष्ठि सम्पन्न भएको छ । सुदूरपश्चिम सरकारको सहयोगमा कार्यशाला गोष्ठि सम्पन्न भएको हो ।

जिल्लाको पर्यटन एवम दिगो विकास कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यले कार्यशाला गोष्ठिको आयोजना गरीएको डोटि चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले बताए ।

यसअघि सुदूरपश्चिम सरकारले १० बर्षे गुरु योजना ल्याउने काम गरेको थियो । पछिल्लो समय सुदूरपश्चिम सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटनका गतिविधिमा निकै चासो दिएर सुझाव संकलन गर्ने काम निकै सराहनीय भएको सचिव डुम्रेलले बताए ।

कार्यशाला गोष्ठिमा डोटिका सबै स्थानीय तहका प्रमुख, जिल्ला समन्वय प्रमुख, उप प्रमुख, चेम्बर अफ कमर्स डोटि, उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागीता थियोे ।

कार्यक्रम पिकासो साउथ एशिएन एडिए जेभिका टोलि नेता एवम पर्यटन विज्ञ डाक्टर प्रनिल कुमार उपाध्यायले सञ्चालन गरेका थिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.