Dashain Suvakamana

जोरायले बासमती धानको संरक्षण र विस्तारकालागि आग्रह

डोटी । जुम्लाको मार्सिधानको चर्चासँगै सुदूरपश्चिम प्रदेशको प्रशिद्ध जोरायले बासमती धानको पनि चर्चा हुने गरेकाे भएपनि धानकाे संरक्षण तथा विस्तारमा खासै ध्यान दिएकाे छैन् ।

भात पकाउँदा निकै मिठो वास्ना आउने तथा अरु विभिन्न परिकार पनि बनाउन मिल्ने भएकाले उक्त धानको चामल निकै लोकप्रिय छ । तर स्थानीयहरुले यस प्रदेशभन्दा बाहिर पनि यसको चर्चा पुर्याउन र उचित संरक्षण र विस्तारका लागि भने आग्रह गरेका छन् । कोरोना सङ्क्रमणको महामारी केही घटेसँगै डोटीका किसानहरु अहिले उक्त धान राेपाइँमा जुटेका छन । यहाँका नौ जिल्लामध्ये जोरायल गाउँपालिकामा मात्रै उत्पादन हुने उक्त धान विशेषगरी देशव्यापी रुपमा नै लोकप्रिय छ ।

पछिल्ला वर्षहरुमा भने जुम्लाको कालीमार्सिको चर्चाले गर्दा जोरायले बासमतीको लोकप्रियता पनि सुदूरपश्चिमभन्दा बाहिर निस्किएको पाइएको छ । यस वर्ष भने जोरायले बासमती चामल यो वर्षको असार पाँच गतेदेखि नै रोप्न आरम्भ भएको स्थानीयवासीहरु बताउँछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.