काेराेना घटेन: सेती अस्पतालकाे परीक्षणमा आज २८ जनामा संक्रमण
धनगढी । सुदूरपश्चिम प्रदेशकै व्यपारीक केन्द्र धनगढीमा काेराेना भाइरसकाे संक्रमण केही कम भएपनि खासै घटेकाे छैन ।आज मंगलवार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९३ नमूना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ४ जना कोरोना जितेर घर फर्किएका छन भने ६ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।