Dashain Suvakamana

सुदूरपश्चिममा शुक्रबार कोरोनाले मृत्यु हुनेकाे संख्या शुन्य

धनगढी । सुदूरपश्चिममा शुक्रबार कोरोनाले मृत्यु हुनेकाे संख्या शुन्य भएकाे छ ।स्वास्थ्य निर्देशनालय डोटीले दिएकाे जानकारी अनुसार  प्रदेशभर कतैपनि कोरोनाका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाएका छैनन ।

सुदूरपश्चिममा शुक्रबार ९ सय ४३ जनाको एन्टिजेन परिक्षण गर्दा २४ र १ सय १५ जनाको पिसिआर परिक्षण गर्दा १६ जना गरी ४० जना संक्रमित थपिएका छन ।

यो सँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ४३ हजार ४ सय ४२ पुगेको छ । प्रदेशमा शुक्रबार १ सय ३ जना कोरोना जितेर घर फर्किएका छन । यो सँगै प्रदेशमा जम्मा निको हुनेको संख्या ३४ हजार ७ सय २८ पुगेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.