Dashain Suvakamana

माओवादीबाट जितेर एमाले बनेका १४ जनप्रतिनिधिको पद गयाे

धनगढी । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । साेही अनुसार निर्वाचन आयोगले सूचना जारी गर्दै ती १४ जनप्रतिनिधिको पद रिक्त भएको जनाएकाे हाे ।

यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु

क्र.सं. पद नाम स्थानीय तह
१. प्रमुख रिना कुमारी साह मौलापुर न.पा. रौतहट
२. प्रमुख सियाराम कुशवाहा कटहरिया न.पा. रौतहट
३. उप्रमुख परनिया देवी देवाही गोनाही न.पा. रौतहट
४. उप्रमुख गौरिशंकर प्रसाद मैलापुर न.पा. रौतहट
५. उप्रमुख कान्ति देवी फतुवाविजयपुर न.पा. रौतहट
६. उपप्रमुख सिमल कुमारी साह माधवनारायण न.पा. रौतहट
७. उपाध्यक्ष गितादेवी साह यमुनामाई गा.पा. रौतहट
८. नगर का.पा. सदस्य सतमीलाल दास ताती लहान न.पा. सिरहा
९. अध्यक्ष शेष फारुक सम्सी गा.पा. महोत्तरी
१०. उपप्रमुख छायाँ देवी देवकोटा भजनी न.पा. कैलाली
११. वडाध्यक्ष भागिरथी विष्ट गौरीगंगा न.पा.–४, कैलाली
१२. वडाध्यक्ष शर्मानन्द भट्ट गोदावरी न.पा.–१, कैलाली
१३. वडाध्यक्ष पुरन विसी बर्दगोरिया न.पा.–४, कैलाली
१४. वडाध्यक्ष सुरेश कुमार थापा चम्पादेवी गा.पा.–७, ओखलढुंगा
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.