पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश जारी गरेको छ । पत्रकार तथा अभिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले पत्रकारका लागि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
रिटमा अन्तरिम आदेश दिँदै सर्वोच्चले पहिलो खोप लगाएका पत्रकारलाई दोस्रो र पहिलो खोप नलगाएका पत्रकारलाई पहिलो खोप उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ । नेपाल पत्रकार महासंघले यसअघि नै स्वास्थ्य तथा जनसंख्यामन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटेर पत्रकारका लागि खोपको व्यवस्था गर्न माग गरेको थियो ।
यस्तो छ आदेश