Dashain Suvakamana

सेती अस्पताल काेराेना अपडेट : १३ जनामा सङ्क्रमण, ३ जना कोरोनामुक्त

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको कोरोना परीक्षणमा थप १३ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ सय १३ नमुना परीक्षण गर्दा १३ जनाको रिपोट पोजेटिभ र एक सय जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार धनगढीका ५, कैलालीका अन्य ठाउँका ३ र कैलाली बाहिरका ५ जनामा सङ्क्रमण देखिएको छ ।  पछिल्लो २४ घण्टामा ३ जना सङ्क्रमित अस्पतालबाट कोरोना मुक्त भएका छन भने ९ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १८ जना सङ्क्रमितको उपचार भइरहेको बताइएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.