सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ कालागि ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ। प्रदेश सभाको आइतबार बसेको बैठककाे बहुमतले पारित गरेकाे हाे ।
याेसँगै अव प्रदेश सरकारले सदनमा बजेट पेश गर्ने बाटाे खुलेकाे छ । सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रमकाे विपक्षमा थाेरै आवाज आएपछि बहुमतले पारित भएको घोषणा गरेका छन्। नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको हाे।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप जारी गरेका थिए।
गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।