मानब बेचबिखन तथा ओसारपसार मुद्दामा होटल संचालक पक्राउ

धनगढी । मानब बेचबिखन तथा ओसारपसार मुद्दामा एक जना होटल संचालक पक्राउ गरेका छन्। कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ अत्तरीया स्थित मिन प्वाईन्ट होटलका संचालक दानबहादुर साँउद पक्राउ परेका हुन्।

होटलमा काम लगाइ दिने वहानामा दुई जना महिलाहरुलाई होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरीक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भनी उनिहरुले उजुरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

पक्राउ गरेका साँउदलाइ कैलाली जिल्ला अदालतबाट ५ को म्याद थप गरी मानब बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.