सेती अस्पतालमा ४५ जना सङ्क्रमित विरामी मात्रै

धनगढी । कैलालीसँगै सुदूरपश्चिम प्रदेशमा काेराेना संक्रमणदर र मृत्युदर घट्दै गएकाे छ ।प्रदेशभरकाे रिफरल अस्पताल सेतीमा आज बुधवार ४५ सङ्क्रमित मात्रै उपचाररत छन् ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३३ नमुना परीक्षण गर्दा ५४ जनाको रिपोट पोजेटिभ र १ सय ७९ जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनका अनुसार सङ्क्रमितहरूमा धनगढी नगरका मात्रै ११ पुरुष र ८ महिला गरी १९ जना छन ।

कैलालीका अन्य स्थानका १८ पुरुष र १३ महिला गरी ३१जना छन् । कैलालीबाहिरका  १ पुरुष र ३ महिला गरी ४ जना छन् । गत २४ घण्टामा ५ जना अस्पतालबाट सङ्क्रमण मुक्त भएर घर फर्किएका छन भने ७ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् ।

उपचारकै क्रममा आज कञ्चनपुरको बेलौरी नगरपालिका ६ कि २८ बर्षिया महिलाको ज्यान गएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.