सुदूरपश्चिममा संक्रमणदर घट्यो, सेती अस्पतालमा ५१ जना मात्रै बिरामी
धनगढी । पछिल्लाे समय सुदूरपश्चिम प्रदेमा संक्रमित भन्दा बढी राेगवाट नीकाे हुनेहरु बढ्दै गएका छन् । आज साेमवार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा जम्मा ३८ जनामा मात्रै कोरोना पुष्टि भएको छ ।
२ सय ८१ जनाको परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै अस्पतालमा बिमारीहरु पनि कम हुँदै गएका छन् । कुनै बेला बेड नपाएर बरन्डा तथा आँगनमा पाल टागेर बस्न विवश विमारीहरु हाल अस्पतालमा ५१ मात्रै उपचारमा रहेकाे बताईएकाे छ ।