आज एकै दिन ६ हजार २०५ संक्रमितले कोरोना जिते

धनगढी । नेपालमा पछिल्लाे २४ घण्टाभित्र ६ हजार २०५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

देशभरका विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका उनीहरु संक्रमणमुक्त भएका हुन्।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ४० हजार ९५५ पुगेको छ। कोरोना संक्रमणबाट मुक्त हुने दर ७९.२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.