जेष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका ब्यक्तिकाे भत्ता ४ हजार पुग्यो
धनगढी । सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि बढाउने भएकाे छ । साउन महिनादेखि ज्येष्ठ नागरिक तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको मासिक भत्ता अव मासिक ४ हजार रुपैयाँ हुनेछ ।
शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।
बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।साथै युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण निकाल्न पाउनेछन् ।