Dashain Suvakamana

धनगढी बस पार्कमा सुतेका एक पुरूषको हत्या गर्ने चार जना पक्राउ

धनगढी । धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनास्थलमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दै जादाँ ती चार जनालाई शुक्रवार पक्राउ गरेको हाे ।

धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका १ त्रिबेणी चोकका १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल,  डडेल्धुराको अमरगढी नगरपालिका स्थायी घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बस्ने १९ वर्षीय प्रबिण ऐर, डोटीको  पुर्वीचौकी गाउँपालिका ४ का २० वर्षीय अनिल कुवँर र कैलालीको घोडाघोडी नगरपालिका १ का १८ वर्षीय युवराज शाहीलाई पक्राउ गरेको हो।

धनगढी बसपार्कस्थित प्रतिक्षालयमा ती पुरूष रगताम्य अवस्थामा फेला परेका थिए। प्रहरीले घटनास्थलमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दै जादाँ ती चार जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरूले मृतक राति सुतीरहेको अवस्थामा उनको खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगि कुटपिट गरी हत्या गरेको सीसीटीभी भुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.