Dashain Suvakamana

‘संविधानकाे रक्षा र जनअपेक्षा पुरा गर्न एकजुट जरुरी’ : मुख्यमन्त्री भट्ट

१४ ओै गणतन्त्र दिवस

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

१४ ओै गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिंदै मुख्यमन्त्री भट्टले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् । “परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ ।” यसकालागि संविधानकाे सही कार्यान्वयन र रक्षा हुनुपर्ने उनकाे भनाई छ ।

गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राणको उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भट्टले बेपत्ता योद्धा र घाइतेको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गरेकाछन । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनुहुने सम्पूर्णको उच्च प्रशंसा गर्दै उनले यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना समेत गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.