मंगलबार सुदूरपश्चिमका ६९७ जनाले काेराेना जिते
धनगढी । सुदूरपश्चिममा आज मंगलवार ६९७ जना संक्रमितले काेराेना जितेका छन्। यस्तै कूल २२५२ नमूना परीक्षण गर्दा ६१९ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८४७ नमूना परीक्षण गर्दा १६७ जना, महाकाली अस्पतालमा १४४ नमूना परीक्षण गर्दा ९० जना, डडेल्धुरा अस्पतालमा ६१ नमूना परीक्षण गर्दा १९ जना, डोटी अस्पतालमा ५५ नमूना परीक्षण गर्दा २९ जना, बझाङ्ग अस्पतालमा १५० नमूना परीक्षण गर्दा ५२ जना र अछामको कमलबजार अस्पतालमा १२० जनाको नमूना परीक्षण गर्दा ९३ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरका २, दार्चुलाका १, बैतडी १ र कैलालीका ५ र बझाङ्का १ जना गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको हाे। हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख १५ हजार ७७ नमूना परीक्षण गर्दा ३६ हजार ७७० जनामा संक्रमण फेला परेको छ।
प्रदेशभर संक्रमण पुस्टि भएका १९ हजार ९ सय ८२ जनाले कोरोना जितेका छन् भने, ४६३ जनाको मृत्यु भएको छ।