वर्ल्ड भिजनद्वारा सुदूरपश्चिम सरकारलाई कोभिड प्रतिकार्य सामग्री सहयोग
धनगढी । वर्ल्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम सरकारलाई कोभिड-१९ प्रतिकार्य सहायता सामग्री सहयोग गरेको छ । साेमवार प्रदेशको सामाजिक विकास मन्त्रलालमै पुगेर विभिन्न जिल्लाको आवश्यकता अनुसार वितरण गर्नका लागि मन्त्री कृष्णराज सुवेदीलाई सामग्री हस्तान्तरण गरिएको हो ।
नेपाल कभर परियोजनाको दोस्रो चरण अन्तरगत १० थान अक्सिजन कनसन्टेण्टर, २५ अस्पताल बेड र २५ थान हाइजिन किट सहयोग गरिएको वर्ल्ड भिजन इन्टरनेसनल नेपालले जनाएको छ ।
झन्डै साढे २६ लाख लागत बराबरका सामग्री सहयोग स्वरूप प्राप्त भएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संस्थालाई धन्यवाद दिए ।