Dashain Suvakamana

सरकारले सामाजिक सुरक्षा भत्ता बढाईदै, बृद्धभत्ता मासिक ५ हजार पुग्ने !

धनगढी । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउँदैछ । प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावकाे घाेषणा गरेकाे सरकारले यसअघि गरेकाे प्रतिबद्धता अनुसार सामाजिक सुरक्षाअन्तर्गत जेष्ठ नागरिक भत्ता, अपाङ्गता भत्ता तथा असहाय एकल महिला भत्ता बढाउने तयारी गरेको हो ।

कर्मचारीकाे तलव बृद्धि र जेष्ठ नागरिक भत्ता वृद्धि गर्ने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।निर्वाचन घाेषणा गरेकाे सरकारले सामाजिक सुरक्षा अध्यादेश २०७८ मार्फत समेत असहाय एकल महिला भत्ता र अपाङ्गता भत्ताको समेत दायरा बढाउने तयारी गरेको छ ।

यसले आगामी आर्थिक वर्षमा चालु खर्चतर्फको भार बढाउने निश्चित छ ।किनकी सरकारले अहिले मासिक ३ हजार वितरण भइरहेको जेष्ठ नागरिक भत्तालाई मासिक ५ हजार पुर्‍याउने तयारी गरेको छ ।

क-कसले पाउँछन् सामाजिक सुरक्षा भत्ता ?

जेष्ठ नागरिक, आर्थिक रुपले विपन्न, असक्त र असहाय अवस्थामा रहेका व्यक्ति,  असहाय एकल महिल, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने र लोपोन्मुख जाति ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.