सेती अस्पतालबाट आईतवार ३० जना कोरोनामुक्त भए
धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट ३० जना संक्रमित कोरोनामुक्त भएका छन् । अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ८२ जनाको उपचार भईरहेको छ ।
अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा १ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा धनगढीका ८ जना , कैलालीका १२१ जनामा कोरोना संक्रमण देखिएको हो । ५ सय ६५ जनाको स्वाब परीक्षण गरीएकोमा ४ सय ३६ जनाको रिपोट नेगेटिभ आएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।