Dashain Suvakamana

यस हप्ता सुदूरपश्चिमका २२५८ जनाले काेराेना जिते

धनगढी । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणका भयावह बनेकाे बेला सुदूरपश्चिम प्रदेशमा जेठको पहिलो साता २२५८ जनाले काेराेना जितेका छन् ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी जेठ ७ गते ५९७ जना कोरोनालाई हराएर घर फर्किएका छन् ।

यस्तै जेठ १ गते १४९ जना, जेठ २ गते २१७ जना, जेठ ३ गते ३२९ जना, जेठ ४ गते २३४ जना जेठ ५ गते ३९८ जना र जेठ ६ गते ३३५ जनाले कोरोनालाई परास्त गरेका छन् । यही अवधिमा १०१ जनाको मृत्यु भएको छ । निर्देशनालयको तथ्याङ्क अनुसार जेठ १ गतेदेखि ७ गतेसम्म एक सय १ जनाको संक्रमितले ज्यान गुमाएका हुन् ।

एक साताको अवधिमा सबैभन्दा वढी जेठ २ गते २१ जनाको मृत्यु भएको छ । जेठ १ गते १६ जना, जेठ ३ र ४ गते १४\१४ जना, जेठ ५ गते १५ जना, जेठ ६ गते १० जना र जेठ ७ गते ११ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

७ दिनको अवधिमा प्रदेशभर पाँच हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार जेठ ७ गते सबैभन्दा वढी ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जेठ १ गते ४८२ जना, जेठ २ गते ८७६ जना, जेठ ३ गते ४८७ जना, जेठ ४ गते ५८३ जना, जेठ ५ गते ८८१ जना र जेठ ६ गते ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.