Dashain Suvakamana

सुदूरपश्चिममा काेराेना जित्नेकाे संख्या २० हजार पुग्न थाल्याे

डोटी । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन्। प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ। कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन्। यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो। यहाँका अन्य पहाडी जिल्लाहरू अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ सङ्क्रमित निको भएका छन्।

यसैगरी कोरोना सङ्क्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीमा एक हजार ६३३ र कञ्चनपुरमा तीन हजार २५३ जना छन्। निर्देशनालयका अनुसार सुदूरपश्चिममा अझै ११ हजार ४४० सक्रिय सङ्क्रमितहरू छन्। कैलालीमा चार हजार ९१३, अछाममा ७८६, बैतडीमा ९६७, बझाङमा ९४१, बाजुरामा २२७ जना सक्रिय सङ्क्रमित छन्। डडेल्धुरामा ५१४, दार्चुलामा २९५, डोटीमा ५५९ र कञ्चनपुरमा दुई हजार २२० सक्रिय सङ्क्रमित छन्।

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार २०० मा कोरोना सङ्क्रमण देखिएको थियो। यो सङ्ख्या परीक्षण गरिएका कूल सङ्ख्याको १५.५७ प्रतिशत हुन आएको निर्देशनालयका निर्देशक डक्टर गुणराज अवस्थीले जानकारी दिए।दोस्रो चरणमा सङ्क्रमितलाई समयमै अस्पताल पुऱ्याउन नसक्दा तथा अक्सिजन नपाएका कारण गाह्राे भैइरहेकाे उनकाे भनाई छ।

स्वास्थ्य निर्देशक डक्टर अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ४०७ जनाले ज्यान गुमाएका छन्। -रासस

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.