महाकालीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

धनगढी । महाकाली नदीमा पानीको बहाव बढेपछि नदी आसपासका तटीय क्षेत्रमा बाढी आउनसक्ने भन्दै चेतावनी जारी भएको छ ।

रंङ्गुन -पन्तुरागाड नदी जलाधारमा ठूलो पानी परेको र अझै पर्ने भएकाले रंङ्गुनको महाकाली दोभानसम्मको क्षेत्रमा आज दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको हाे । यस्तै महाकाली नदीकाे तटीय क्षेत्र आसपासका दार्चुलादेखि कञ्चनपुरसम्मका बस्तीहरु सचेत हुनुपर्ने बाढी पूर्वानुमान शाखाले जनाएकाे छ ।

अहिले नै नदीमा पानीको बहाव खतराको तहभन्दा माथि गएको र अझै ६ घण्टासम्म निरन्तर पानी पर्न सक्ने सूचनामा उल्लेख छ । आज दिउँसोसम्म नदी किनार तथा आसपासका क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । भारतमा आएको ताउ-ते आँधीको प्रभावका कारण नेपालका पश्चिमी क्षेत्रमा गत ४८ घण्टादेखि लगातार पानी परिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.