सुदूरपश्चिम सरकारले गेटाको आइसोलेशनमा जनशक्ति व्यवस्थापन गर्दै
धनगढी । कैलालीको गेटामा निमार्णाधिन होल्डिङ सेन्टर र आइसोलेसनको लागि अब प्रदेश सरकारले सहयोग गर्ने भएको छ । प्रदेशको सामाजिक बिकास मन्त्रालयले त्यहाँ आवश्यक जनशक्ती करारमा भर्ना गर्ने भएको हो ।
प्रदेशको सामाजिक बिकास मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले २० जना स्वास्थकर्मीलाई खटाउने निर्णय भएको मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. जगदीश जोशीले जानकारी दिए ।