धनगढीलाई हराउदै नेपाल सुपर लिगकाे उपाधि काठमाण्डाैंले उचाल्याे
धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग(एनएसएल) फुटबलको च्याम्पियन बनेको छ। शनिवार साँझ भएकाे फाईनलमा धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो।
काठमाडौंँका लागि विदेशी खेलाडी मेसौके ओलोमोउले निर्णायक गोल गरेका हुन्। उनले खेलको २१ औंँ मिनेटमा सो गोल गरेका थिए। ओलोमोउ नै लिगमा कुल आठ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बने। उपाधिसँगै काठमाडौँले ३५ लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता धनगढीले १५ लाख प्राप्त गरेको छ ।
काठमाडौंँले धनगढीसँग लिग चरण र प्लेअफमा ब्यहोरेको हारेको बदला फाइनल खेलमा लिएको थियो। फाइनल खेलको उदीयमान खेलाडी काठमाडौंँका राजन गुरुङ घोषित भए। यस्तै काठमाडौंँकै फ्लोरेन्ट कोरा प्लेयर अफ दि म्याच घोषित भए। दुवै जनाले जनही रु २५ हजारसहित ट्रफी प्राप्त गरे।
नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले भाग लिएका थिए।