प्रदेश सरकाले कोभिड-१९ रोकथाम, उपचार एवं व्यवस्थापनमा के गर्दैछ?
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले केही गरेन, यी सबै गर्ने त फलानाे नेता हाे भन्दै मिडियावाजी भैइरहेका बेला प्रदेश सरकारकाे सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीकाे सचिवालयले कोभिड -१९ रोगको रोकथाम, नियन्त्रण उपचार एबं व्यबस्थापनका लागि भए गरेका प्रयासहरु सार्वजनिक गरेकाे छ ।
उक्त प्रेस नाेटमा सामुदायिक एबं निजि अस्पतालहरुमा कोभिड वार्ड संचालन गर्न सम्झौता भई सेवा सुचारु भैसकेको केही निजि अस्पतालहरु सेवा सुचारुको प्रक्रियामा रहेको उल्लेख छ। यसका लागि सुप सामुदायिक अस्पताल अत्तरिया –४० बेड, इसान मेमोरियल अस्पताल बेलौरी -२० बेड, बेलौरी न.प. बाट संचालित आइसोलेसन मा -५० बेड, नवजिबन अस्पताल धनगढ़ीमा -१० बेड, मायामेट्रो अस्पताल धनगढ़ी -५ बेड, पदमा अस्पताल अत्तरिया -१० बेड, र कैलाली अस्पतल धनगढ़िमा -५ बेडको सेवा सुरु भैसकेको र अन्य निजि अस्पताल एबं सामुदायिक अस्पतालहरुमा पनि अधिकतम बेडहरु थप्न सकिने गरि सम्झौता हुने क्रममा रहेको बताइएकाे छ ।
यस्तै गेटा मेडिकल कलेजको भवनमा अस्थायी कोभिड अस्पताल संचालनका सन्दर्भमा संघिय सरकारलाई अस्थाई कोरोना अस्पताल संचालनका लागि यस अघि पत्र पठाएपनि प्रदेशमा रहेको प्रदेश संकट ब्यबस्थापन केन्द्र (PCMC) लाइ जिम्मा नदिई कैलालीका प्रमुख जिल्ला अधिकारि मातहतको जिल्ला संकट ब्यबस्थापन केन्द्र (DCMC) लाई जिम्मा दीएकोले आवश्यक प्रक्रिया पश्चात संचालन हुने ।
अस्पतालहरुमा थप बेडहरु विस्तार गर्ने कार्य भैरहेको । धनगढीमा थप ५० बेडको कोरोना अस्पताल निर्माण भईरहेको । दक्ष जनशक्ति ब्यबस्थापनका लागि सबै अस्पतालहरुलाई बिज्ञापन गर्न निर्देशन भैसकेको र जनशक्ति क्रमस ब्यबस्थापन भईरहेको । थप अईसोलेसन वार्ड संचालनका लागि स्थानको खोजि भैसकेको र छिट्टै सम्झौता भई अक्सिजन सेट अफ सहितको सेवा सुरु हुने । एन्टीजेन ६५०० खरिद र २००० खरिद प्रक्रियामा रहेको र HDU बेड खरिद गरि सम्बन्धित अस्पतालमा जडान गरी संचालन गर्ने क्रममा रहेको उल्लेख छ ।
अक्सिजनका लागि अक्सिजन प्लान्ट स्थापना अक्सिजन कन्सेनटेटर, सिलिन्डर खरिद एबं सिलिन्डरको सहज आपूर्तिका लागि नियमित रुपमा दैनिक १०० सिलिन्डर धनगढीको ग्यास उधोग बाट र थप १०० सिलिन्डर नेपालगंज बाट समेत दैनिक आपूर्ति गर्ने गरि व्यवस्था मिलाइएको र रिक्त सिलिन्डर भएमा थप ३०० सिलिन्डर ग्यास उपलब्ध गराउने नेपालगंज स्थित ग्यास उधोगका संचालक श्याम टायलले मन्त्रिसँगको टेलीफोन सम्बादमा प्रतिबद्दता गरेकाे जाहेर छ।
यस्तै ६५ वटा सिलिन्डर खरिद भैसकेको २०० वटा सिलिन्डर र १०० वटा कन्सेनटेटर खरिदको प्रकियामा रहेको, अक्सिजन सहितको करिब ५० बेड थप स्थापनाको लागि शुभम गेस्ट हाउस सँग सम्झौता हुने क्रममा रहेको, सबै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना हुने क्रममा रहेको, स्वास्थ्य सेवाको प्रवाहलाई सहज बनाउन रिक्त दरबन्दी एबं थप आबश्यक पर्ने स्वास्थ्यकर्मी लगायत अन्य जनशक्ति करार सेवामा लिन बिभिन्न ४४६ पद अस्थाई दरबन्दी सृजना गरि प्रक्रिया शुरु भैसकेको उल्लेख छ।
सिमानाकामा रहेको हेल्थ डेस्कमा भारत बाट आउने व्याक्तिहरुको एन्टीजिन परिक्षण गरि लक्षण सहितका कोरोना पोजेटिभ संक्रमितहरु लाई आइसोलेसन गर्ने गरेको र बाकीलाई कनर स्थित होल्डिंग सेन्टरमा पठाउने कार्य निरन्तर भैरहेको ।आइसोलेसन संचालन एबं स्वाब संकलन र परिक्षण गर्ने कार्यका साथै पर्चा, पम्पलेटको माध्यम बाट बिभिन्न जनचेतनामुलक क्रियाकलापहरु भैरहेको विवरणमा उल्लेख छ।
प्रदेश सरकारकाे सामाजिक विकासमन्त्री सुवेदीकाे सचिवालयले यति हुँदाहुँदै पनि जनअपेक्षा अनुसार आफूहरुले काम गर्न केही समस्या एवं चुनाैतीहरु भैइरहेकाे उल्लेख गरेकाे छ ।
समस्या एबं चुनौतिहरु
१. चिकित्सक एबं स्वास्थ्यकर्मिहरुको अभाव
२. करार विज्ञापनमा न्यून दरखास्त
३. खरिद भएका सामाग्रीको ढिलो ढुवानी
४. भेन्टिलेटरको अभाव
५. पाहाडी जिल्लामा अक्सिजन ढुवानीको समस्या
६. प्रयोगशालामा जनशक्तिको कमि
७. बजेटको समस्या
८. पार्टी प्यालेस तथा होटेल भाडामा सम्झौता गर्न विद्धमान खरिद ऐन बाधक हुनु ।