राष्ट्रपतिद्धारा वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

राष्ट्रपति विद्यादेवि भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार दिनको १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभाको उक्त अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अबको संसद अधिवेशनमा विश्वासको मत लिने जानकारी गराएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.