नाकामा जनतालाई सास्ती नदिन प्रहरी प्रशासनसँग मुख्यमन्त्री भट्टकाे आग्रह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले भारतवाट घर फर्किन लागेका नेपालीहरुलाई अनावश्चक सास्ती नदिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री भट्टले आज शुक्रवार मन्त्रालयमा सुदूरपश्चिम प्रदेशमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखहरु (डिआईजी), कैलाली-कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडियाे)सँग कोरोना नियन्त्रण तथा सुरक्षाका मापदण्ड पालना बारे गरेकाे छलफलमा यस्ताे बताएका हुन् ।
छलफलमा भएकाे विषयबारे मुख्यमन्त्री भट्टले जानकारी दिंदै भने- ‘विशेष गरेर गाैरीफन्टा नाकामा कैलाली कञ्चनपुर प्रशासन तथा सुरक्षाकर्मीवीच तालमेल नमिल्दा नेपालीहरुले सास्ति बेहाेरी रहेकाेले दुवै जिल्ला र स्थानीय पालिकाकाे समन्वयमा काम अगाडी बढाउने कुरा भए । अव भाेलीदेखि केही सहज हुन्छ हाेला ।’
नाका नजिक पायकपर्ने ठाउँ धनगढी र महेन्द्रनगरमा दुईवटा हाेल्डिङ्ग सेन्टर स्थापना गर्ने, यस्तै अक्सिजन अभाव हुन नदिन सामाजिक विकास मन्त्रालयले आवश्यक्ता अनुसार चार्जिवल सिलिण्डर खरिद गर्ने कुरा भएकाे छलफलमा सहभागी सामािजक विकास सचिव रघुराम बिष्टले जानकारी दिए । उक्त चार्जेवल सिलिण्डर बिरामीकाे घर घरमा लगेर अक्सिजन दिन सकिने उनकाे भनाई छ ।